महेश बाबुले अस्वीकार गरे ऋतिक रोशनको मेगा बजेट फिल्म
साउथ इन्डियन सुपरस्टार महेश बाबुले बलिउड सुपरस्टार ऋतिक रोशनको फिल्म खेल्न अस्वीकार गरेका छन् ।
महेश बाबुले ऋतिक रोशनको मेगा बजेट फिल्म ‘रामायण’ खेल्न अस्वीकार गरेका हुन् ।
फिल्म निर्माता मधु मन्टेनाले नितिश तिवारीसँग ‘रामायण घम् ’ फिल्म बनाउने घोषणा गरेका थिए । यता, ‘रामायण’ मा भने ऋतिक रोशन र दीपिका पादुकाण मुख्य भूमिकामा देखिनेछन् ।
उक्त फिल्ममा महेश बाबुलाई ‘रामायण’ को भूमिकाका लागि अफर गरिएको थियो । तर उनले उक्त फिल्म गर्न अस्वीकार गरिदिए ।
सुत्रका अनुसार मधु मन्टेना र नितिश तिवारीले अर्को वर्ष सन् २०२२ को मध्यबाट ‘रामायण’ को सुटिङ गर्न सुरु गर्ने योजना बनाएका थिए । तर महेश बाबुले उक्त समयमा एस एस राजमौलीको फिल्म गर्ने घोषणा गरिसकेकोले उनले फिल्म खेल्न अस्वीकार गरेका हुन् ।
उक्त फिल्ममा ऋतिक रामायणको भूमिकामा, सीताको भूमिकामा दीपिका देखिनेछिन् भने रामको भूमिकाका लागि अभिनेताको खोजी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै कुरा सरकारको नियन्त्रणबाट मात्र सम्भव छैन, हुलाकमा निजी क्षेत्रसँग सहकार्य गर्छौँ : सञ्चारमन्त्री
-
ट्रक व्यवसायीको पक्षमा सर्वोच्चको फैसला : रुट इजाजतमा दोहोरो व्यवस्था बदर
-
नेपालको जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय कोषबाट १ अर्ब ३३ करोड अनुदान स्वीकृत
-
अध्ययन समितिको निष्कर्ष : जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाए
-
सांसदहरूलाई मन्त्री गौतमको आग्रह, ‘संसद्को गरिमा जोगाउन व्यवहार, भाषा र पोसाकमा विशेष ध्यान दिनू’
-
मेक्सिकोबाट इरानी टिमको भावुक बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण