शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ठाकुर पक्षको कटाक्ष –साउन १५ गतेसम्म पर्खौँँ, अहिले नै उत्साहित नबनाैँ

सोमबार, ११ साउन २०७८, २१ : ००
सोमबार, ११ साउन २०७८

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अहिले नै कोही उत्साहित हुनुपर्ने अवस्था नरहेको बताएको छ । आज निर्वाचन आयोगमा उपेन्द्र यादव पक्षमा बहुमत देखिए पनि त्यसको अर्थ नहुने ठाकुर पक्षको भनाइ छ ।

ठाकुर पक्षीय नेता जितेन्द्र साेनलले आफूहरूले आयोगको निर्णयअनुसार निर्वाचन आयोगमा हस्ताक्षर सनाखत गराएको तर त्यसमा आफूहरूको विमति रहेकाले सर्वोच्चमा मुद्दा दिएको बताए । सर्वोच्चले आइतबार दुवै पक्षलाई साउन १५ गतेको लागि छलफलमा बोलाएकाले त्यसपछि मात्रै एउटा निष्कर्ष निस्कने उनको भनाइ छ । ‘हामीले आज सनाखत गर्‍यौँ । भोलि कसको पक्षमा रिजल्ट आउँछ त्यो पछिको कुरा हो’, उनले भने, ‘अहिले पनि सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा छ । त्यसको छलफलबाट के निष्कर्ष निस्कन्छ, त्यही हुने हो अहिले कोही उत्साहित हुन जरुरी छैन ।’

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप