राज कुन्द्रासँग विवाह गर्न तयार थिइनन् शिल्पा, यसरी सुरु भएको थियो प्रेम
बलिउड अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्राको विवाह सन् २००० मा भएको थियो । उनीहरुको दुई जना सन्तान छन् । उनीहरुको नाम भियान र समीशा हो । सन् २०१८ मा एक अन्तरवार्ताको क्रममा राजले उनीहरु कसरी प्रेममा परेका थिए भन्ने विषयमा बताएका थिए । राजका अनुसार उनीहरु बेलायतमा ‘बिग ब्रदर’ जित्नुअघि पहिलो पटक शिल्पाको म्यानेजरको माध्यमबाट भएको थियो ।
पहिलोपटक राज एक परफ्युम बनाउने तरिका लिएर गएका थिए । राजले पहिलोपटकको भेटमा शिल्पाको आमाको गोडा छोए । आमाको गोडा छोएपछि शिल्पाको मन पग्लिएको थियो ।
शिल्पा राजसँग कुनै प्रकारको सम्बन्ध राख्ने सोचमा नभएको राजले खुलाएका थिए । उनले भने, ‘शिल्पाले सुरुमा मसँग विवाह गर्ने वा कुनै पनि सम्बन्ध राख्ने इच्छा गरिनन् । म भने हात धोएर पछि लागेँ । तर, मलाई थाहा थियो उनको मनभित्र कुनै न कुनै प्रकारको झुकाव थियो ।’
राजले अगाडि भनिन्, ‘मैले उनलाई कोसिस गर्न भने । तर उनले भारत छोड्ने विषयमा इन्कार गरिन् । उनले भारतमा भएको सम्पत्ति र काम छोडर जान नसक्ने बताइन् । उनले म बेलायतमा बस्ने भएपछि उनको र मेरो सम्बन्ध असम्भव भएको बताएकी थिइन् ।’
त्यसपछि राजले शिल्पाका लागि घर खरिद गरे । उनले आफू पनि भारतमै बस्न चाहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरबाट कालीमाटी आएको रायोको सागमा उच्च विषादी, नष्ट गर्न निर्देशन
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
-
अपराध अनुसन्धानमा सूचनाप्रविधिको प्रयोग सहजतासँगै चुनौती
-
कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै
-
मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ
-
आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण