मन्दाकिनी : राज कपुरले बनाएका थिए स्टार, दाउद इब्राहिमको कारण सकियो करियर
मुम्बई । भारतकी सुन्दर अभिनेत्रीमा पर्छिन् मन्दाकिनी चन्द । उनको फिल्म करियर निकै छोटो रहन पुग्यो । तर, उनले दर्शकमा राम्रो छापा छोड्न सफल रहिन् । उनी आफ्नै निर्णयमा फिल्म करियरबाट टाढा भएकी हुन् ।
सुपरहिट फिल्म ‘राम तेरी गंगा मैली’बाट दर्शकमा राम्रो छाप छोड्न सफल उनलाई आज पनि मानिसहरु यो फिल्मका कारण बिर्सन सकेका छैनन् । ‘राम तेरी गंगा मैली’मा भने उनको गंगाको भुमिका रहेको थियो । उनले धेरै फिल्ममा काम गरेकी छन् । आज मन्दाकिनीको जन्मदिन समेत परेको छ । जुलाई ३० मा जन्मिएकी मन्दाकिनीको बास्तविक नाम यास्मीन जोसेफ हो । उनी मुलरुपमा मेरठ, उत्तर प्रदेशकी बासिन्दा हुन् ।
राज कपुरले बनाए स्टार
फिल्म ‘राम तरी गंगा मैली’ अगाडि तीन फिल्मका निर्माताले उनलाई अस्विकार गरेका थिए । मन्दाकिनी फिल्मको काम भन्दा बढी मोस्ट वान्टेड ग्याङ्स्टार दाउद इब्राहिमसँगको अफेयरले चर्चामा रहन सफल भएकी थिइन् ।
८०–९० दशकमा आफ्नो बोल्ड अन्दाज प्रस्तुत गर्ने मन्दाकिनीको नाम सफल अभिनेत्रीको सुचिमा भने सामावेश हुन सकेन । उनले १९८५ मा फिल्म ‘मेरा साथी’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । अभिनेता निर्देशक राज कुपुरले उनलाई पहिलो ब्रेक दिएका थिए । सो समय उनी २२ बर्षकी थिइन् । राज कपुरले नै उनको नाम ‘यास्मीन’बाट मन्दाकिनीमा परिणत गरिदिएका थिए ।
‘राम तेरी गंगा मैली’मा मन्दाकिनीले एउटा बोल्ड सिन दिएकी थिइन् । फिल्ममा उनले सेतो सारी लगाएर झरना दृख्य दिएकी थिइन् । यो दृश्यलाई राजकपुरले सेन्सर बोर्डमा कसरी पास गराए आजसम्म मानिस चकित छन् ।
फिल्म अभिनय
मन्दाकिनीले आफ्नो फिल्म करियरमा ‘आग और शोला’, ‘अपना अपना’, ‘प्यार करके देखो’, ‘हवालात’, ‘नयाँ कानुन’, ‘दुश्मन’ जस्ता फिल्ममा काम गरेकी छन् । उनी पछिल्लो समय १९९६ मा फिल्म ‘जोर्दार’मा देखिएकी थिइन् ।
दाउद इब्राहिमका कारण करियर बर्वाद
१९९४मा मन्दाकिनीको दाउद इब्राहिमसँग केही तस्बिर बाहिर आएको थियो । जसले सन्ननी मच्चायो । उनी १९९४–९५मा दुवईका शारजाहमा भारत र पाकिस्तान क्रिकेट म्याचको क्रममा अन्डरवल्र्ड डन दाउद इब्राहिमसँग देखिएकी थिइन् । उनको त्यो क्रियाकलाप मिडियामा मुख्या मसला बनेका थिए ।
मन्दाकिनीको करियर १९९६ मा आएको फिल्म ‘जोर्दार’बाट सकिएको थियो । दाउदको कारण उनले धेरै फिल्म पाएको समेत भनिएको छ । तर मन्दाकिनीले दाउदसँगको सम्बन्ध सधै अस्वीकार गरिन् ।
अहिले योग गुरु
मन्दाकिनीलेले १९९०मा पुर्व बौद्ध भिक्षु डाक्टर काग्युर टी रिन्पोछे ठाकुरसँग विवाह गरेका थिए । मन्दाकिनीका दुई बच्चा रहेका छन् । छोराको नाम रबिल र छोरीको नाम इनाया ठाकुर हो । एक रिपोर्टका अनुसार मन्दाकिनी अहिले दलाई लामाको एक अनुयायी बनेकी छन् । तिब्बतमा योग सिकाउन कक्षाहरू चलाउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै कुरा सरकारको नियन्त्रणबाट मात्र सम्भव छैन, हुलाकमा निजी क्षेत्रसँग सहकार्य गर्छौँ : सञ्चारमन्त्री
-
ट्रक व्यवसायीको पक्षमा सर्वोच्चको फैसला : रुट इजाजतमा दोहोरो व्यवस्था बदर
-
नेपालको जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय कोषबाट १ अर्ब ३३ करोड अनुदान स्वीकृत
-
अध्ययन समितिको निष्कर्ष : जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाए
-
सांसदहरूलाई मन्त्री गौतमको आग्रह, ‘संसद्को गरिमा जोगाउन व्यवहार, भाषा र पोसाकमा विशेष ध्यान दिनू’
-
मेक्सिकोबाट इरानी टिमको भावुक बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण