शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

३३ किलो सुन काण्डमा फरार ‘भोजे मामा’ पक्राउ

शुक्रबार, १५ साउन २०७८, २० : १०
शुक्रबार, १५ साउन २०७८

चर्चित ३३ किलो सुन काण्डमा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका ५ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहर परिसर काठमाडौँका प्रवक्ता रमेश कुमार बस्नेतका अनुसार परिसरबाट खटिएको टोलीले भण्डारीलाई गौशालाबाट नियन्त्रणमा लिन सफल भएको हो ।

भण्डारी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी  र चोरी निकासीको अवैध कारोबार,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप