शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तिब्बतको विकासमा चीनको अभियान (भिडियोसहित)

शुक्रबार, ०४ भदौ २०७८, १७ : ५०
शुक्रबार, ०४ भदौ २०७८

चीनले स्वशासित क्षेत्र तिब्बतमा बितेका ७० वर्षयता भए गरेका आर्थिक तथा सामाजिक विकासका गतिविधिलाई लिएर–‘तिब्बत–आर्थिक तथा सामाजिक विकासमा ७० वर्ष’ अभियान कार्यक्रम सञ्चालन गरेको छ । 

आर्थिक तथा सामाजिक रुपले पछि रहेको तिब्बतमा चीनले तीब्र विकासका गतिबिधि  सञ्चालनमा ल्याएपछि हालका दिनमा भौतिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय तथा शैक्षिक रुपले  विश्वको नै प्रमुख आकर्षक केन्द्रका रुपमा विकास भएको छ ।  

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार, हाल तिब्बतमा ९ लाख ९८ हजार आठ सय किलोमिटर सडक निर्माण भएको छ भने तिब्बत भएर १४० वटा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइमार्गले विश्वसँग जोडेको छ ।

 तिब्बतको विकासका लागि केन्द्रीय सरकारले आफ्नो वित्तीय सहयोग हरेक बर्ष बढाउने गरेको छ भने  विभिन्न चरणमा धेरै ठूला परियोजना सञ्चालनमा ल्याएको छ । जसबाट यस क्षेत्रको दीर्घकालीन विकास र जनताको जीवनस्तरमा उकास्न सहयोग गरेको छ ।

 चीनले १९९४ देखि २०२० सम्म, प्रान्तीय र समकक्ष प्रशासनिक एकाइ, केन्द्रीय सरकारी विभाग, राज्य सरकारको स्वामित्वमा रहेका उद्यममा परियोजना सञ्चालनमा ल्याई तिब्बतलाई राजमार्ग, रेल्वे, हवाई मार्ग, र पाइपलाइनबाट बनेको एक व्यापक यातायात नेटवर्क बनाएको छ । 

हाल तिब्बतका सबै प्रशासनिक गाउँमा मोबाइल फोन पहुँच रहेको छ भने अप्टिकल केबल ब्राण्डब्यान्ड कभरेज भएको छ ।   हाल तिब्बतको कृषि, वन, पशुपालन, र माछापालनबाट उत्पादनको कुल मूल्य २६४ आरएमबीभन्दा माथि छ । 
यसैगरी शैक्षिक क्षेत्रमा १५ वर्षभन्दा मुनिका बालबालिकालाई सरकारले लगानी गर्दै आएको पनि जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप