फाइजरको खोपलाई अमेरिकामा पूर्ण अनुमति
सोमबार, ०७ भदौ २०७८, २० : ३८
फाइजर कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपलाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले प्रयाेगको पूर्ण अनुमति दिएको छ । अमेरिकामा कोभिड–१९ विरुद्ध प्रयोगका लागि पूर्ण अनुमति पाउने यो पहिलो खोप हो ।
यसअघि यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको थियो । यो खोपलाई दुई डोजमा तीन हप्ताको अन्तरालमा दिइन्छ । अनुमतिसँगै अब १६ वर्ष र सोभन्दा माथि सबै उमेर समूहले यो खोप लगाउन पाउनेछन् ।
अमेरिकाको ठूलो जनसङ्ख्याले खोप लगाउन आनाकानी गरिरहेका बेला एफडीएको यस्तो निर्णय सार्वजनिक भएको हो । एफडीएका अनुसार करिब ४४ हजार व्यक्तिको तथ्याङ्कका आधारमा यो निर्णय लिइएको हो ।
अब 'कोमिरनाटी' नामबाट बजार पठाइने यो खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको बताइएको छ । यसलाई १२–१६ वर्ष उमेर समूहका लागि भने आपत्कालीन प्रयोगको अनुमति मात्र रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज
-
यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध