शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जयसिंह धामी प्रकरणमा एमालेले भन्यो : सरकारले ध्यान अन्तै मोड्न खोज्यो

बिहीबार, १७ भदौ २०७८, १९ : १२
बिहीबार, १७ भदौ २०७८

काठमाडौँ । नेकपा एमालेले महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर बेपत्ता भएका जयसिंह धामीलाई न्याय दिलाउने कुरामा सरकारले लाचारी देखाएको भन्दै आपत्ति जनाएको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबार एक विज्ञप्ति जारी गर्दै संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहलसमेत गर्न नसकेको बताएका छन् ।

‘आफ्ना नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशङ्का पैदा भएको छ,’ प्रवक्ता ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एमालेले विज्ञप्तिमार्फत सरकारको यस्तो लाचारीप्रति खेद व्यक्त गर्दै सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय दिन माग गरेको छ ।

‘नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै नेकपा (एमाले) यस अविलम्ब घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दछ’, एमालेको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप