शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

त्रिभुवन विमानस्थलबाट २ करोड बढीको सुनको गहना बरामद

मङ्गलबार, २९ भदौ २०७८, २१ : २३
मङ्गलबार, २९ भदौ २०७८

त्रिभुवन विमानस्थलमा दुई करोड बढीको सुनको गहना प्रहरीले बरामद गरेको छ । भदौ २८ गते बिहान ०८:३० बजे श्री एयरलाइन्सको उडान नं. SHA731 मा काठमाण्डौंबाट बिराटनगर जान लागेका यात्रुहरूको ब्यागेज  एरियाको X-ray Machine मा चेकजाँच गर्ने क्रममा ठूलो मात्रामा सुन बरामद गरिएको हो ।

कैलाली बदगोरिया गा.पा.वडा नं. १ स्थायी घर भएका ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उ.म.न.पा. वडा नं. २ घर भएका ४७ वर्षका मुरारी राज अधिकारीको ब्यागेजमा गहनाहरू फेला परेको प्रहरीले जनाएको छ । राज भण्डारीको साथबाट मूल्य रु.३६,६४,२२५ बराबरको ५१५ ग्राम  तौलको २२ क्यारेटको गरगहनाहरुको र मुरारी राज अधिकारीको २४ क्यारेटको ५९७ ग्राम (मूल्य रु.४६,३७, १९७/-), २२ क्यारेटको १५५२ ग्राम (मूल्य रु. १,१०,४२, ४८०/-) र पत्थर जडित १४ क्यारेटको गरगहना तौल ६९६ ग्राम (मूल्य रु.३१, ४८, ४९५/-) गरी सुनका गरगहनाहरू फेला परेको बताइएको छ । सबै गहनाको कुल जम्मा तौल ३३६० ग्राम र मूल्य दुई करोड चौबीस लाख बयानब्बे हजार तीन सय सन्तानब्बे रुपैयाँ रहेको छ ।

गहनाहरु प्रमाणित, नापतौल र मुल्याङ्कनको लागि काठमाण्डौं सुनचाँदी व्यवसायी संघ, क्षेत्रपाटी, काठमाण्डौं पठाइएको थियो । उनीहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको छ ।

बोध राज भण्डारीको साथबाट फेला परेका गरगहनाहरु:

१. सुनको बल चेन थान- ३७ (सैतीस)

२. सुनको हुक चेन झुप्पा- ४ (चार)

३. सुनको टप जोर- १८ (अठार)

४. सुनको रोल चेन थान- २ (दुई)

मुरारी राज अधिकारीको साथबाट फेला परेका गरगहनाहरु:

१. सुनको लकेट थान ७२ (बहत्तर)

२. सुनको टप जोर- ८४ (चौरासी)

३. सुनको बल माला थान- २९ (उनानतीस)

४. सुनको रोल चेन थान ११ (एघार)

५. सुनको ब्रासलेट थान- ६ (छ)

६. सुनको औंठी थान- २२१ (दुई सय एकाइस)

७. सुनको नेकलेस थान- १ (एक)

८. सुनको हुकचेन थान ८ (आठ)

९. सुन सहित पत्थर जडित औंठी थान- ८३ (त्रियासी)

१०. सुन सहित पत्थर जडित लकेट थान- ३५ (पैतीस)

११. सुन सहित पत्थर जडित फुली थान- १६९ (एक सय उना

१२. सुन सहित पत्थर जडित टप जोर- ५९ (उनानसाठ्ठी)

१३. सुन सहित पत्थर जडित नेकलेस थान- ४ (चार)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप