बिहीबार यी प्रदेशमा वर्षाको सम्भावना
भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ।
हाल देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली भई एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। बिहीबार देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। शनिबार भने देशभर सामान्य बदली रही प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पलाई ठुलो झट्का : यौन दुर्व्यवहार मुद्दा उल्ट्याउन सर्वोच्च अदालतद्वारा अस्वीकार
-
हल गोरु पाल्ने एकसय १५ कृषकलाई प्रोत्साहन रकम प्रदान
-
पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
-
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
-
चिनियाँ कम्युनिस्ट पार्टीका आलोचक बनेका घरजग्गा व्यवसायीलाई अमेरिकामा ३० वर्षको जेल सजाय
-
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण