बागमती नदीमा डुबेर दुई बालकको मृत्यु
सारांश
- रौतहटको गढीमाई नगरपालिका–१ स्थित बागमती नदीमा नुहाउने क्रममा आइतबार अपराह्न दुई बालकको डुबेर मृत्यु भएको छ।
- स्थानीय भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव र सुरेश यादवका ८ वर्षीय छोरा आदित्य यादवको मृत्यु भएको हो।
- घटनाबारे प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।
रौतहट। रौतहटको पूर्विभेग गढीमाई नगरपालिका–१ स्थित बागमती नदीमा नुहाउने क्रममा आइतबार अपराह्न दुई बालकको डुबेर मृत्यु भएको छ।
प्रहरीका अनुसार दिउँसो करिब ३ः२० बजे समनपुर–हरैया घाटमा नुहाउने क्रममा स्थानीय भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव डुबेका थिए। खोजीका क्रममा उनको शव फेला परेको थियो।
उक्त घटनामा सोही स्थानका सुरेश यादवका ८ वर्षीय छोरा आदित्य यादव पनि नदीमा बेपत्ता भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय समनपुरबाट सई मुना पासवानको कमाण्डमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलास सुरु गरेको थियो।
खोजीका क्रममा अपराह्न ३ः५४ बजे घटनास्थलबाट करिब ५० मिटर दक्षिणतर्फ नदीमै आदित्य यादवको शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण