आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुल देउता पुज्न जाँदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु

आइतबार, १४ असार २०८३, २० : ३८
आइतबार, १४ असार २०८३

सुर्खेत। कुल देउता पुज्न जाँदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका-९ कुलिबाद बस्ने ५५ वर्षीय लोकबहादुर सुनार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिं बाेहाेराका अनुसार आइतबार उनी आफ्नी श्रीमती, छोरा र बुहारीसँगै घरबाट अछामको तुर्माखाँद गाउँपालिका-४, जुएतर्फ कुल देउताको पूजाका लागि पैदल जाँदै थिए ।

दिउँसो १५:१५ बजे पञ्चपुरी नगरपालिका-.७ स्थित कोल्टेभिरमा चिप्लिएर उनी लडे । 'उनकाे बाटाेबाट करिब ३०० मिटर तल लडेर मृत्यु भएको हो,' प्रवक्ता बाेहाेराेले भने, 'सल्लाको मुडामा अड्किएका थिए।' 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप