सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सारांश
- नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
- छापावाल सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले घटेर २ लाख ८२ हजार ४०० रुपैयाँ कायम गरिएको छ।
- चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको छ।
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँ कायम गरिएको छ।
यसअघि अघिल्लो दिन अर्थात् असार १४ गते सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ११० रुपैयाँ तोकिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो आइतबार चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ६९५ रुपैयाँ रहेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइएम जीतबहादुर’ को पहिलो साताको आम्दानी ३१ लाख
-
असार १५ मा महासचिव पोखरेलेको सन्देश– किसानलाई करोडौँ अनुदान होइन मल, बीउ र उचित मूल्य देऊ
-
सुटिङका क्रममा कंगनाले वीर दासको ओठ टोकेर रक्ताम्मे बनाएको दाबी
-
करिब ७ सय ७५ किलो गाँजासहित ट्रक चालक पक्राउ
-
फिल्म ‘जलाकी’ मङ्सिर ४ बाट प्रदर्शनमा आउने
-
देउवा दम्पतीलाई महँगो परेको असार १५ को दही चिउरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण