दिल्लीमा अखिल भारत नेपाली एकता मञ्चको कार्यक्रम सम्पन्न
माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्चको कार्यक्रम भारतको राजधानी दिल्लीमा सम्पन्न भएको छ । दिल्लीस्थित ओखलामा भएको कार्यक्रममा विभिन्न पार्टी निकटका ३ दर्जन भन्दा बढी नेता कार्यकर्ता मञ्चमा प्रवेश गरेर माओवादी केन्द्रमा लागेको घोषणा गरे ।
उनीहरुले माओवादी केन्द्रको नेतृत्वमा देश विकास र सम्बृद्धि सम्भव भएको दावी गर्दै आफूहरु प्रवेश गरेको सो क्रममा बताए । कार्यक्रममा नवप्रवेशीहरुलाई अध्यक्ष ईश्वरी भण्डारी, मञ्चका सचिब आरबी खड्काले स्वागत गरेका थिए ।
कार्यक्रममा मञ्चकी सचिव उषा थापा खड्का, सह कोषाध्यक्ष , ज्ञान बहादुर केसी, हरि अर्याल, केन्द्रीय सदस्यहरु मानु श्रेष्ठ , बेल बहादुर पुनले मन्तव्य राखेका थिए भने साँस्कृतिक प्रस्तुति पनि रहेको थियो ।
सो अवसरमा मञ्चका सचिव खड्काले सङ्गठनका नयाँ योजना सहितको मन्तव्य राखे भने भण्डारीले राजनैतिक तथा सांगठनिक रुपमा प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।
कार्यक्रममा मञ्चका केन्द्रीय सदस्य नारायण बिक , कृष्ण पर्साइ , कृष्ण कुँवर , सूर्य राना , माधव बिष्ट, पुराना नेता हुकुम सिंहलगायतको समेत सहभागिता रहेको थियो ।
यसैगरी नवप्रवेशी टिमको नेतृत्व गर्दै हुमाकान्त कुँवरले आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण