गृहजिल्ला हिँडेका मन्त्री बडू बाटोमै रोकिए
बुधबार, ०३ कात्तिक २०७८, १२ : ००
कानुन न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्र बडुका साथै ५ सय जना यात्रु जाममा फसेका छन् । मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला दार्चुला जान लागेका बडु बाटो बन्द हुँदा दुई दिनदेखि बैतडीको दोगडाकेदार गाउँपालिकाको डिक्गाडमा फसेका हुन् ।
सोमबार नै दार्चुला पुग्ने कार्यक्रम भएपनि बाटो बन्द हुँदा उनी बुधबारसम्म बैतडीमै रोकिएका छन् । उक्त जाममा जिल्ला अस्पताल दार्चुलाको एम्बुलेन्स पनि फसेको छ ।
यस्तै महेन्द्रनगर र धनगढीबाट दार्चुला जान लागेका मार्मा लेकम मालिकार्जुन शैल्यशिखर नगर पालिकाका ५ सय जना यात्रु दुई दिनदेखि डिक्गाडमा जाममा फसेका छन् । सुदूरपश्चिममा जारी अविरल वर्षका कारण दार्चुला जाने सडक अवरोध भएको छ ।