बाढीपहिरो पीडितलाई उचित राहत र क्षतिपूर्ति दिने प्रधानमन्त्रीको प्रतिबद्धता
बिहीबार, ०४ कात्तिक २०७८, ११ : २९

प्रधानमन्त्री शेरबहादुर देउवाले देशभर बाढी पहिरोबाट ठुलो क्षति भएको भन्दै पीडित परिवारलाई सरकारले उचित राहत र क्षतिपूर्ति दिने बताएका छन् । बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा बिहीबार बिहान सुर्खेत आएका देउवाले क्षतिको अनुगमन भइरहेको र सबै तथ्यांक संकलन भएपछि राहत दिने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्रीहरुसँग प्रदेशमा बाढी तथा पहिरोबाट भएको क्षतिबारे जानकारी लिएका थिए । सुदूरपश्चिम प्रदेशको बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा काठमाडौंबाट हिँडेका प्रधानमन्त्री देउवा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा करिब आधा घण्टा बिताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैतडीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु
-
२२ वर्षमा १ लाख १८ हजार किलोमिटर सडक निर्माण
-
हरित यातायात विकास गर्ने उद्देश्यले सरकारले ल्यायो राष्ट्रिय यातायात नीति, २०८१
-
विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते
-
बागमती गोल्डकप : हानामीलाई हराउँदै एपीएफ विजय
-
सिनेट नराखे त्रिवि पदाधिकारीलाई प्रवेश निषेध गर्ने चेतावनी