आर्यनसँग ड्रग्सबारे कुरा गरेको भेटिएपछि नायिका अनन्या पाण्डेलाई एनसीबीको निशानामा
नारकोटिक्स कन्ट्रोल ब्यूरोले बिहिबार शाहरुख खान र अनन्या पाण्डेको घरमा छापामारी गरेको छ । एनसीबीले बिहिबार अपरान्ह २ बजे अनन्यालाई सोधपुछका लागि बोलाएको छ । शाहरुख अघि एनसीबी अनन्याको घरमा छापामारीका लागि पुगेको थियो । अनन्याको घर मुम्बईको बान्द्रामा छ । स्मरण रहोस्, अनन्या पाण्डे बलिउड नायक चंकी पाण्डेकी छोरी हुन् ।
रिपोर्टका अनुसार छापामारीका क्रममा शाहरुख घरमा नै थिए । बुधबार ड्रग्स केसमा याचिका खारेज भएपछि जेलमा बन्द आर्यन खानलाई भेट्न उनका पिता शाहरुख खान मुम्बईको आर्थर रोड जेल पुगेको थिए । बुवा–छोराबीच करिब १८ मिनेटसम्म भेटघाट भयो । यद्यपि, जेल प्रशासनको नियम अनुसार कुनै पनि कैदीलाई १० मिनेट मात्रै भेट्न सकिन्छ ।
रिपोर्टका अनुसार क्रुज ड्रग्स पार्टी केसमा आर्यन खानसँग बलिउडकी एक उदाउँदो नायिकाको च्याट पनि एनसीबीले भेटेको छ । एनसीबीले पाएको आर्यनका केही च्याटमा उनी यी नायिकासँग ड्रग्सको विषयमा चर्चा गरिरहेको देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)