शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा बाढीपहिरो प्रभावित जनतालाई राहत : १ महिना पुग्ने गरी खाद्यान्न वितरण गरिने

शनिबार, ०६ कात्तिक २०७८, १२ : ५९
शनिबार, ०६ कात्तिक २०७८

सुदूरपश्चिम प्रदेश सरकारले बाढीपहिरो प्रभावित क्षेत्रका जनतालाई राहत वितरण सुरु गर्ने भएको छ । आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत लक्ष्मीप्रसाद जोशीको नेतृत्वमा बझाङ, बैतडी, डोटीका बाढी प्रभावितलाई राहत वितरण गरिन लागेको हो । ती क्षेत्रमा हेलिकप्टरमार्फत् राहत वितरणका लागी पठाउन लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी ले रातोपाटीलाई जानकारी दिइन् । बझाङको थलारा र छान्ना गाउँपालिकाका बाढी प्रभावितलाई राहत वितरण गरिने उनले बताइन् ।

त्यस्तै बैतडीको सिगास गाउँपालिका,डोटीको आदर्श र सायल गाउँपालिका बाढी प्रभावितलाई राहत वितरण गरिने छ । डोटीमा वितरण गरिने राहतलाई जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाएर बझाङ र बैतडी प्रस्थान गरिने मन्त्री जोशीले बताइन् । सबैलाई १ महिना पुग्ने गरी खाद्यान्न वितरण गरिने उनको भनाइ छ । 'तथ्याङ्क आउन बाँकी छ । बाढीले बढी क्षति पुगाएको क्षेत्रमा मात्र राहत वितरण गरिन थालेको हो । पहाडी क्षेत्रको सडक खुलेको छैन,' उनले भनिन्, 'त्यतिन बेलासम्म तथ्याङ्क सङ्कलन पनि सकिन्छ सोही अनुसार सबै बाढी पीडितलाई राहत वितरण हुन्छ ।' राहत प्याकेजमा चामल नुन तेल चिनी साबुन, टुथपेस्ट, टेन्ट र स्वास्थ्य सामाग्री रहेको उनले बताइन् । आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी सो क्षेत्रमा अनुगमनका लागी जाने मुख्य मन्त्री कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप