खाल्डोमा पुरिएर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु
मङ्गलबार, ०९ कात्तिक २०७८, १७ : ४३
पोखरामा निर्माणाधीन घरको खाल्डोमा पुरिएर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार बिहान पोखरा–११ काँहुडाडास्थित निर्माणाधीन घरको जग सोलिङ गर्ने क्रममा खनिएको खाल्डोको भित्ता भत्किएर पुरिँदा घाइते भएकी ४१ वर्षीया महिलाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सिन्धुलीको ठुला गाँउ घर भई हाल पोखरा–११ फूलबारी डेरा गरी बस्ने आइतीमाया थोकरको खाल्डोको भित्ता भत्किँदा घाइते भएपछि तत्कालै उद्धार गरी मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी बरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले बताए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए