शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटको विजयपुरमा करेन्ट लागेर एक महिला गम्भीर घाइते

सोमबार, ०६ मङ्सिर २०७८, १३ : ०५
सोमबार, ०६ मङ्सिर २०७८

रौतहटको विजयपुरमा करेन्ट लागेर एक महिला गम्भीर घाइते भएकी छन । चन्द्रपुर नगरपालिका ५ घर भई फतुवा विजयपुर ८ बस्दै आएकी सुनिल पण्डितकी २१ वर्षीय श्रीमती आशादेवी पण्डित करेन्ट लागेर गम्भीर घाइते भएकी हुन्।

घाइते पण्डितको विजयपुरस्थित नेशनल अस्पतालमा उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्थामा केही सुधार भएको चिकित्सकले जानकारी दिएका छन् । घर सफाइ गर्ने क्रममा आज बिहान १० बजे विद्युतको नाङ्गो तारमा टाँसिँदा उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर बिष्णु विश्वकर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप