मुलुकमा एमाले नामको अर्को राप्रपा थपियो : पञ्चा सिंह
अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले चितवन महाधिवेशनपछि मुलुकमा एमाले नामको अर्को राप्रपा थपिएको टिप्पणी गरेकी छन् । शनिवार चितवनको भरतपुरमा शुरु भएको प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले यस्तो टिप्पणी गरेकी हुन् ।
अध्यक्ष सिंहले ईश्वर पोखरेल र कमल थापाहरुको स्वर मिल्नु केवल संयोग मात्र नभएको भन्दै चितवन अधिवेशनपछि एमालेमा पञ्चायत प्रेम बढ्दै गएको तर्क गरिन् । केहि दिनअघि एमाले उपाध्यक्ष ईश्वर पोखरेलले ‘राप्रपासँग कतिपय विषयहरुमा सहकार्य गर्न सकिने भनि दिएको अभिव्यक्तिप्रति प्रतिकृया दिँदै सिंहले पोखरेल र थापाहरुको स्वर मिल्नु संयोग मात्र नभएको बताइन् ।
सिंहले मिडिया क्षेत्रलाई आधुनिक गोयबल्सहरुबाट जोगाउन अझै मेहनत गर्नुपर्नेमा जोड दिइन् । उनले राम्रो कामको प्रचार छाडेर कतिपय मिडियाहरूले केपी वलिका उडन्ते र हावादारी समाचारलाई हेडलाइन बनाइरहेको बताउँदै यसले समाजमा नकरात्मकता छरिरहेको बताइन् ।
हिजो जनयुद्धका कठिन दिनहरुमा ज्यानको बाजी थापेर जनताको आवाज बनेका क्रान्तिकारी पत्रकारहरुले अहिले गम्भिर हुने बेला आएको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र