अस्ट्रेलियाको भिक्टोरियन बहुसांस्कृतिक आयोगमा ज्ञानेन्द्र उप्रेती नियुक्त
अस्ट्रेलियाको भिक्टोरियन बहुसाँस्कृतिक आयोगको सल्लाहकारमा ज्ञानेन्द्र उप्रेती नियुक्त भएका छन् । भिक्टोरियन बहुसांस्कृतिक आयोगले आफ्नो कामलाई ब्यबस्थित गर्नका लागि दुई–दुई वर्षमा दुई बर्षका लागि सल्लाहकारहरु नियुक्त गर्ने क्रममा २०१९–२१ का लागि बारवन साउथ वेष्ट रिजनको प्रतिनिधित्व हुने गरी रिजनल अडभाइजरी काउन्सिल (RAC) मा जिलोङ निवासी ज्ञानेन्द्र उप्रेतीलाई नियुक्त गरेको थियो र सो जिम्मेवारी २०२१–२३ को लागि पनि थप गरिएको हो ।
सोसियल वर्क्समा मास्टर्स र अन्तराष्ट्रिय बिकासमा ग्राजुएट डिप्लोमा गरेका उप्रेतीले युनाइटेड अरब एमिरेटसमा जिइसिओमा बिजिनेस डेभलपमेण्ट मेनेजर, कम्युनिटी इन्फरमेशन एण्ड सपोर्ट भिक्टोरियामा प्रोजेक्ट अफिसर, दि साल्भेसन आर्मी भिक्टोरिया एन्ड सेण्ट जोन अफ गड हस्पिटलमा सोसियल वर्कर, अस्ट्रेलियाको भिक्टोरियाको रेडक्रसमा केस मैनेजरको अनुभब बटुल्नुका साथै जिलोङमा हुने बिभिन्न पाको फेस्टा, भिजिट नेपाल जस्ता गतिबिधिहरुमा पनि सकृय छन् ।
भिक्टोरिया राज्य सरकारले यसभित्र बसोबास गर्ने सबै देशका महत्वपूर्ण चाड पर्ब मनाउन र तिनीहरुको संरक्षण र प्रबर्द्धन गरी सबैलाई एकताबद्ध गरी अगाडि बढ्न भिक्टोरियन बहुसांस्कृतिक आयोगमार्फत काम गर्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन