शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

थापाथलीमा मिनि टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

आइतबार, १९ मङ्सिर २०७८, १० : ५९
आइतबार, १९ मङ्सिर २०७८

काठमाडौंको थापाथलीमा मिनि टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा सवार एकजना घाइते छन्, उनको उपचार भइरहेको छ । दुर्घटनामा परेर काभ्रेपलाञ्चोकको पनौती घर भएका १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

आइतबार बिहान थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा.२ख ७३२७ नम्बरको मिनि टिप्परले विपरित दिशातर्फबाट आएको बा.२४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटर पछाडि सवार रहेका २२ वर्षीय आशिष हुमागाईं घाइते छन् । उनको नर्भिक अस्पतालमा उपचार हुँदैछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप