गण्डकीमा थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि
गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा १८५ जनामा गरिएको नमुना परीक्षणमा २३ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये १५ महिला र ८ पुरुष रहेका छन् ।
प्रदेशमा विभिन्न जिल्लाहरूमा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १९, स्याङ्जा १, पर्वत २ र नवलपरासी पूर्वमा १ जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ८८ हजार ६० पुगेको छ ।
गण्डकीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ४२१ पुगेको छ ।
प्रदेशमा पछिल्लो चौबीस घण्टामा १० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८६ हजार ४४४ पुगेको छ भने होम आइसोलेसनमा १४७ जना रहेका छन् । त्यसै गरी गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या १९५ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेश जारी गर्ने सरकारको निर्णयको कांग्रेसद्वारा निन्दा
-
पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश ‘नदिएको हुन सक्ने’ अमेरिकी गुप्तचर निकायको रिपोर्ट
-
विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने
-
प्रसारण लाइन बिस्तारमा स्थानीयको अवरोध
-
वनमा डढेलो लगाउनेलाई कडा कारबाही गर्ने कानुन आवश्यक : मुख्यमन्त्री अधिकारी
-
मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति