बझाङमा आइतबारदेखि मतगणना हुने
धनगढी । बझाङमा भएको उपनिर्वाचनमा ४९. १२ प्रतिशत मत खसेको छ । बझाङको क्षेत्र नम्बर १ को प्रदेशसभा (१ ) मा शनिबार भएको उपनिर्वाचनमा ४९. १२ प्रतिशत अर्थात ३० हजार ३२८ मत खसेको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहका अनुसार ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३२८ जनाले मतदान गरेका छन् । बझाङको सो क्षेत्रमा यो पटक २०७९ को प्रदेशसभा निर्वाचनभन्दा कम मतदान भएको छ ।
२०७९ को निर्वाचनमा अहिलको भन्दा मतदाता कम भएपनि ३१ हजार २७९ मत सदर भएको थियो । सो चुनावमा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो ।
प्रहरीका अनुसार चीनको तिब्बतसँग जोडिएको उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिकाका मतदान केन्द्रका बाहेक अरु ६ पालिका र थलारा गाउँपालिकाको एक वडाको मत पेटिका शनिबार राति नै सदरमुकाम चैनपुर पुग्ने सम्भावना छ । साइपालका तीन स्थानका मतपेटिका भने आइतबार विहान नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम चैनपुर ल्याइने प्रहरीले जनाएको छ ।
सबै ठाउँका मतपेटिका आएपछि आइतबार दिउँसो नै मतगणना सुरु हुने बताइएको छ । यहाँ ७४ मतदानस्थल र ९३ मतदान केन्द्रमा तोकिएको थियो । भने मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ ।
२०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो । यहाँ ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
कांग्रेसबाट स्व.सिंहका जेठा छोरा अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमनबहादुर भण्डारी, नेकपा (माओवादी केन्द्र ) का जनकबहादुर बुढा र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलगायत चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण