शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बझाङमा आइतबारदेखि मतगणना हुने

शनिबार, १५ वैशाख २०८१, २२ : २५
शनिबार, १५ वैशाख २०८१

धनगढी । बझाङमा भएको उपनिर्वाचनमा ४९. १२ प्रतिशत मत खसेको छ । बझाङको क्षेत्र नम्बर १ को प्रदेशसभा (१ ) मा शनिबार भएको उपनिर्वाचनमा ४९. १२ प्रतिशत अर्थात ३० हजार ३२८ मत खसेको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहका अनुसार ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३२८ जनाले मतदान गरेका छन् । बझाङको सो क्षेत्रमा यो पटक २०७९ को प्रदेशसभा निर्वाचनभन्दा कम मतदान भएको छ ।

२०७९ को निर्वाचनमा अहिलको भन्दा मतदाता कम भएपनि ३१ हजार २७९ मत सदर भएको थियो । सो चुनावमा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो ।

प्रहरीका अनुसार चीनको तिब्बतसँग जोडिएको उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिकाका मतदान केन्द्रका बाहेक अरु ६ पालिका र थलारा गाउँपालिकाको एक वडाको मत पेटिका शनिबार राति नै सदरमुकाम चैनपुर पुग्ने सम्भावना छ । साइपालका तीन स्थानका मतपेटिका भने आइतबार विहान नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम चैनपुर ल्याइने प्रहरीले जनाएको छ ।

सबै ठाउँका मतपेटिका आएपछि आइतबार दिउँसो नै मतगणना सुरु हुने बताइएको छ । यहाँ ७४ मतदानस्थल र ९३ मतदान केन्द्रमा तोकिएको थियो । भने मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ ।

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो । यहाँ ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

कांग्रेसबाट स्व.सिंहका जेठा छोरा अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमनबहादुर भण्डारी, नेकपा (माओवादी केन्द्र ) का जनकबहादुर बुढा र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलगायत चुनावी मैदानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप