कट्रिना विक्कीको विवाह : भने, ‘मनमा माया मात्रै’ (तस्बिर)
बलिउड फिल्म अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहिबार विवाहमा बन्धनमा बाँधिएका छन् । यी दुई बिहिबार राजस्थानस्थित सिक्स सेन्सेज होटलमा निकै धुमधामसँग विवाह गरे ।
यी दुईको विवाहमा अत्यधिक गोपनियता अपनाइँदै थियो । यद्यपि, प्रशासन र मिडियाको थुप्रै दिनदेखि यसमा अत्यधिक चासो थियो ।
बिहिबार कार्यक्रममा भाग लिनका लागि बलिउड उद्योग र थुप्रै स्थानबाट धेरैजना राजस्थानको सवाई माधोपुर पुगे ।
यो समारोहमा बलिउडका साथै व्यापारिक घराना र राजनीतिसँग जोडिएका हस्ती पनि समावेश भए । यद्यपि, यसमा समावेश हुनेहरुको नाम सार्वजनिक गरिएको भने छैन । मिडिया रिपोर्टका अनुसार विवाह समारोहमा समावेश हुनेहरुलाई यसको जानकारी सार्वजनिक नगर्न सल्लाह दिइयो ।
विवाह बुधबार भएपनि पुरा समारोहको सुरुवात ७ डिसेम्बरमा सङ्गीत कार्यक्रममार्फत् भएको थियो । मेहेन्दी ८ डिसेम्बरमा भएको थियो यसका लागि विश्वप्रसिद्ध सोजतको मेहेन्दी मगाइएको थियो ।
यसबारे सवाई माधोपुरका कलेक्टर राजेन्द्र किशनले बीबीसीसँगको कुराकानीमा भनेका थिए, ‘विवाहमा १२० पाहुना समावेश हुने जानकारी दिइएको छ र सातदेखि १० डिसेम्बरसम्म उनीहरुको विवाह कार्यक्रम हुने बताइएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित एक जना पक्राउ
-
निःशुल्क विश्वकप हेर्न खोज्दा ११५ जनाले गुमाए २ करोड २९ लाख
-
झलनाथ खनालको आह्वान : वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाऔँ
-
प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया
-
बजेट असारभित्रै पारित हुन्छ, सरकार ढल्दैन : मुख्यमन्त्री शाह
-
चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा, ३० तस्बिरमा हेर्नुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण