बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्छ : रक्षामन्त्री रिजाल

शुक्रबार, २४ मङ्सिर २०७८, १२ : १८
शुक्रबार, २४ मङ्सिर २०७८

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा.मीनेन्द्र रिजालले पार्टीको १४ औँ महाधिवेशनबाट काँग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताएका छन् । काँग्रेसको १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले महाधिवेशनपछि नेतृत्वमा नयाँ अनुहार आउने बताएका हुन् ।

“अहिलेको नेतृत्व लिएर निर्वाचनमा जाँदा जनताले नपत्याउन सक्छन्, पार्टीभित्र नयाँ अनुहार आउनुपर्छ”, उनले भने । संस्थापन इतर समूहबाट मन्त्री बनेका नेता रिजालले संस्थापन इतर नेताबाट साझा उम्मेदवार तय गरिने बताए ।

यसभन्दा पहिले केन्द्रीय सदस्य भइसकेकाले अब महामन्त्री पदमा उम्मेदवारी दिने सोच रहेको उनले उल्लेख गरे । “सभापतिको उम्मेदवारी नै तय भएको छैन, म कहाँ उठ्ने सिट खोजिरहेको छु”, उनले भने । आज बेलुकासम्म संस्थापन इतर समूहबाट साझा उम्मेदवार चयन गरिने मन्त्री रिजालले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप