बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जनप्रगतिशील मञ्च युकेको अध्यक्षमा गुरुङ

सोमबार, २७ मङ्सिर २०७८, ११ : ५१
सोमबार, २७ मङ्सिर २०७८

नेपाली जनप्रगतिशील मञ्च युकेको अध्यक्षमा मानबहादुर गुरुङ सर्वसम्मत रुपमा चयन भएका छन् । प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यममार्फत भएको अधिवेशनमार्फत गुरुङको नेतृत्वमा कार्यसमिति चयन गरिएको हो । 

जसको उपाध्यक्षमा शेरसिं ठकुरी, तुल छन्त्याल, नविन स्याङ्तान तामाङ, फूल प्रसाद कँडेल रहेका छन् भने महासचिवमा विमला लिम्बुलाई चयन गरिएको छ । यस्तै सचिवमा कान्छा राम बुढाथोकी (बिनय) र राजमणि राई चयन हुँदा कोषाध्यक्षमा कपिल श्रेष्ठ र सहकाषाध्यक्षमा माया केसी चयन भएका छन् । 

यसैगरी सदस्यहरुमा राममणि रिझाल, हरि कृष्ण पौडेल,  विष्णु चालिसे, रूद्र गैरे, मिलन लिम्बु, विपिन गुरूङ, अरूण थापा, जित गिरी, महेश देवकोटा, कृष्ण खनाल, ईश्वर रिजाल, दीपक कुमार गुरुङ, लक्पा डोमा शेर्पा लामा, गंगा कुमारी गुरुङ, विशाल गोले तामाङ, राजेन्द्र गुरुङ, वीर बराल , सागर सुब्बा, मेख गुरुङ,  रचना राई, हरि अर्याल, विष्णु माया बस्नेत, रवि घिमिरे र ललित परियार चयन भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप