‘८३’मा किन छानिइन् दीपिका ?
आज शुक्रबारबाट कबीर खान निर्देशित स्पोर्टस ड्रामा ‘८३’ रिलिज हुँदैछ । यो फिल्म सन् १९८२ को विश्वकप क्रिकेट भारतले जितेको विषयमा बनेको छ । बुधबार यो फिल्मको विशेष शो राखिएको थियो ।
यो शोमा फिल्ममा अभिनय गरेका कलाकार र सन् १९८३ मा विश्वकप क्रिकेट जितेका टिमका खेलाडी सहभागी थिए । फिल्ममा अभिनेता रणवीर सिंहले कपिल देवको भूमिका निर्वाह गरेका छन् ।
फिल्म हेरेपछि अभिनेत्री उर्मिला कोठारेले फिल्मको तारिफ गरेकी छन् । ‘८३ उत्कृष्ट फिल्म हो । वास्तविक जीवन र रिल जीवनको उत्कृष्ट संगम । कपिल देवको भूमिकामा रणवीरले राम्रो काम गरेका छन् । तारिफका लागि मसँग शब्द छैन । सबै अभिनेताहरु र अभिनेत्रीहरुले आफ्नो भूमिका निभाउनका लागि कुनै कसर बाँकी राखेका छैनन्’, उर्मिलाले ट्वीट गरेकी छन् ।
फिल्मका निर्देशक कबीरले हालै एक अन्तरवार्तामा दीपिका पादुकोणको भूमिकाका बारेमा बोलेका थिए । फिल्ममा दीपिकाले कपिल देवकी श्रीमति रोमी भाटियाको भूमिकामा अभिनय गरेकी छन् ।
सन् २०१८ मा विवाह पछि दीपिका र रणवीरले सँगै फिल्ममा अभिनय गरेका थिएनन् । विवाह पछि उनीहरुका लागि ‘८३’ पहिलो सहकार्य हो । कबीरले दीपिकालाई फिल्ममा अनुबन्धित गर्नु पछाडिको कारण रणवीरको पत्नी भएर नरहेको दाबी गरेका छन् ।
‘वास्तविक जीवनमा जोडी पहिलोपटक विवाहपछि सँगै पर्दामा देखिँदैछन् । दीपिकाको रणवीरसँग विवाह नभएको अवस्थामा पनि म यो भूमिकाका लागि दीपिकासँग कुरा गर्न जान्थें । दीपिका कमालकी अभिनेत्री हुन् । उनको उपस्थिति फिल्ममा जबरजस्त हुन्छ । रोमी देवको भूमिका स्क्रिनमा धेरै देखिँदैन । तर जति देखिन्छ, त्यो अहम छ । केही वर्ष पहिले मैले कपिल र रोमीलाई भेटेको थिएँ । त्यो बेला कपिल रोमीबिना अधुरो छन् जस्तो लागेको थियो । १९८३ सम्मको यात्रा रोमी बिना कपिलको अधुरो नै हुन्छ’, कबीरले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित एक जना पक्राउ
-
निःशुल्क विश्वकप हेर्न खोज्दा ११५ जनाले गुमाए २ करोड २९ लाख
-
झलनाथ खनालको आह्वान : वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाऔँ
-
प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया
-
बजेट असारभित्रै पारित हुन्छ, सरकार ढल्दैन : मुख्यमन्त्री शाह
-
चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा, ३० तस्बिरमा हेर्नुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण