२०२२ मा बलिउड डेब्यु : श्रीदेवीकी छोरीदेखि सैफ अलीका छोरासम्म
मुम्बई । वर्ष २०२२ लाग्न अब केही दिन मात्र बाँकी छ । २०२१ बिदा हुँदै गर्दा बलिउडमा पुरानो वर्षको समीक्षा र नयाँ वर्षको अनुमान सुरु भएको छ । यस्तैमा हरेक वर्ष झैँ २०२२ मा पनि केही नयाँ अनुहार फिल्ममा देखिने अनुमान गरिएको छ । तीमध्ये केही स्टारकिड्स रहेका छन् भने केही बाहिरका व्यक्ति हुन् । नयाँ वर्षमा फिल्मी पर्दामा देखिन सक्ने यी नयाँ अनुहार यस्ता छन् ।
शनाया कपुर :
अभिनेता संजय कपुरकी छोरी शनाया करण जौहरको आगामी फिल्मबाट अभिनयमा डेब्यु गर्दैछिन् । करणले २०२० मा उनलाई धर्मा प्रोडक्सनको एउटा नाम नखुलाइएको फिल्मका लागि लिएका थिए । उनी केही वर्षदेखि बलिउड डेब्युको तयारीमा जुटेकी छन् । २१ वर्षकी शनायाले नृत्य र अभिनयको कक्षासमेत लिएकी छन् ।
खुशी कपुरः
श्रीदेवीकी कान्छी छोरी खुशी पनि करण जौहरको प्रोडक्सनमा बन्ने कुनै फिल्मबाट डेब्यु गर्न सक्छिन् । उनी अहिले भने अमेरिकाको एक स्कुलमा अभिनय र फिल्म निर्माण पढ्दैछिन् ।
इब्राहिम अली खान :
अभिनेता सैफ अली खानका छोरा इब्राहिम पनि सन् २०२२ मा अभिनेताको रुपमा देखिन सक्छन् । अहिले भने उनी करण जौहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ मा सहनिर्देशकको रुपमा काम गर्दैछन् ।
मानुषी छिल्लर :
मिस वल्र्ड २०१७ की विजेता मानुषी फिल्म ‘पृथ्वीराज’ बाट बलिउडमा डेब्यु गर्दैछिन् । फिल्ममा उनको अपोजिट भुमिकामा अक्षय कुमार हुनेछन् । फिल्म जनवरी सन् २०२२ मा रिलिज हुनेछ ।
यशवर्धन आहूजा :
अभिनेता गोविन्दाका छोरा यशवर्धनले पनि सन् २०२२ मा बलिउडमा डेब्यु गर्नसक्ने अनुमान छ । आमा सुनिताले उनी छिट्टै फिल्ममा डेब्यु गर्ने बताएकी छिन् ।
क्यारी मिनाटी :
भारतीय चर्चित युट्युबर क्यारी मिनाटी पनि बलिउड डेब्युका लागि तयार छन् । उनी अमिताभ बच्चन र अजय देवगन सँग रनवे ३६ मा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण