किन असफल बन्यो रणवीर सिंहको फिल्म ‘८३’ ? यस्ता छन् ५ कारण
सन् १९८३ मा भारतले क्रिकेट विश्वकप जितेर इतिहास रच्यो । यो कथालाई निर्देशक कबीर खानले निकै मेहनतका साथ फिल्म ‘८३’ मा उतारे ।
फिल्ममा कपिल देवको भूमिकामा रणवीर सिंह देखिएका छन्, जुन भूमिकालाई दर्शक र समीक्षकले सराहना गरेका छन् । फिल्मले बक्स अफिसमा ‘चौका’ र ‘छक्का’ हान्ने अनुमान गरेका थिए, तर त्यसो हुन सकेन । ओमिक्रोनको फैलँदो संक्रमण, हलिउड र साउथ फिल्मको एकसाथ प्रदर्शनलगायतका कारणले ‘८३’लाई निकै असर पर्यो । खासगरी पाँच कारणले यो फिल्म बक्स अफिसमा असफल रह्यो ।
पहिलो कारण हो, फिल्मको गीत । फिल्ममा कैयौं गीत छन्, जुन गीतले दर्शकलाई छुन सकेन । फिल्म रिलिज हुनुअघि ‘लहरा दो’ गीत रिलिज गरिएको थियो, जुन गीतलाई दर्शकले खासै चासो दिएनन् । बलिउडमा फिल्मका गीतलाई फिल्मको ‘मुटु’ मानिन्छ । तर ‘८३’को हकमा यसका गीतले दर्शकलाई हलसम्म तान्न सकेन ।
दोस्रो कारण हो, ओमिक्रोनको भय । अहिलेसम्म मानिसहरुको मनमा कोरोनाको डर हटेको छैन । त्यही समयमा यसको नयाँ भेरिएन्ट ओमिक्रोन आएपछि मानिसलाई झन् त्रसित बनाएको छ । यही कारण पनि दर्शकहरु थिएटरसम्म जान डराइरहेका छन् ।
तेस्रो कारणको रुपमा हलिउड र साउथ फिल्मको रिलिजलाई मानिएको छ । हलिउड फिल्म ‘स्पाइडर मेन नो वे होम’ र साउथ फिल्म ‘पुष्प’ रणवीरको फिल्म ‘८३’ रिलिज हुनु एक हप्ताअघि नै प्रदर्शन भएको थियो । दर्शकमा यी दुई फिल्मको प्रभाव यति धेरै पर्यो कि उनीहरुले ‘८३’ लाई नै बिर्सिए । यी दुई फिल्मले बक्स अफिसमा ‘८३’लाई निकै पछाडि छोडेको छ । जुन क्रम अहिले पनि जारी छ ।
चौथो कारण कलाकारको मेकअपलाई मानिएको छ । फिल्ममा रणवीरको मेकअपमा कुनै कसर बाँकी राखिएको छैन । उनी दुरुस्तै कपिल देवजस्ता देखिएका छन् । तर फिल्मका अन्य कलाकारको मेकअपमा भने रणवीरको जस्तो ध्यान दिइएको छैन । क्रिकेटप्रेमीका लागि यो खल्लो साबित भएको छ भने दर्शकले पनि यो विषयमा ध्यान दिएका छन् ।
पाँचौ कारण यो फिल्मप्रति दर्शकको अलग अलग बुझाई छ । फिल्मले प्रदर्शनको चार दिनमा मुस्किलले ५४ दशमलब २९ करोडको कमाई गरेर हाफ सेञ्चुरी पार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण