माओवादी बन्दसत्रमा तीन आयोगको प्रतिवेदन पेश, प्रचण्डले सम्बोधन गर्दै
शुक्रबार, १६ पुस २०७८, १५ : ४३
नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तरगत बन्दसत्रमा शुक्रबार तीन आयोगले आफ्नो प्रतिवेदन पेश गरेका छन् । केन्द्रीय निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगले आफ्नो प्रतिवेदन पेश गरेको हो । प्रतिवेदनमा आफू मातहतबाट भएका कार्यसम्पादनको विवरण पार्टीलाई जानकारी दिइएको छ ।
आयोगहरूले आफ्नो प्रतिवेदन पेश गरेसँगै अध्यक्ष प्रचण्डले बन्दसत्रमा सम्बोधन थालेका छन् । प्रचण्डले राजनीतिक र विधान संशोधन प्रस्तावमाथिको छलफलका सन्दर्भमा केन्द्रीय रहेर जवाफ दिन सम्बोधन थालेको माओवादी स्रोतले जनाएको छ ।
माओवादीको महाधिवेशन पुस ११ देखि राजधानीमा जारी छ ।