विद्यालाई चुम्दा किन डराए इमरान ?
बलिउडको ‘सिरियल किसर’ का रुपमा परिचित अभिनेता इमरान हाशमीले आफू एक अभिनेत्रीलाई चुम्बन गर्न निकै डराएको खुलासा भएको छ । फिल्म ‘घनचक्कर’मा अभिनेत्री विद्या वालनलाई चुम्बन गर्न उनी निकै डराएका थिए । त्यही डरका कारण उनले विद्यालाई पटकपटक एउटै प्रश्न सोधिरहन्थे ।
इमरान र विद्याले फिल्म ‘घनचक्कर’मा कैयौँ चुम्बन दृश्य दिएका छन् । विद्यालाई चुम्बन गर्दा इमरान निकै डराएका थिए । जबकि यसअघिको फिल्ममा उनी जति खुसीका साथ अभिनेत्रीलाई चुम्थे । ‘घनचक्कर’मा माहौल ठीकविपरीत देखियो ।
अभिनेत्री नेहा धुपियाको च्याट शोमा उपस्थित भएकी विद्याका अनुसार इमरानले विद्यासँग चुम्बन दृश्य दिँदा डराउने कारण विद्याका पति तथा फिल्म निर्माता सिद्धार्थ रोय कपुर थिए । ‘सिद्धार्थले के भन्लान् रु के तपाईंलाई लाग्छ कि उनले मेरो पेमेन्ट चेक दिन्छन् रु’ चुम्बनपछि विद्यालाई इमरान यही प्रश्न सोधिरहन्थे । किनकि फिल्मका निर्माता विद्याका पति सिद्धार्थ नै थिए ।
विद्याले आफूलाई इमरानले किन यस्तो प्रश्न सोधिरहन्छ भनेर अन्यौल भएको बताएकी छन् । ‘फिल्ममा हामी कलाकार हौं । कथा अनुसार हामीले अभिनय गर्नुपर्छ । तर इमरानले मलाई प्रश्न गरिरहँदा म अचम्ममा पर्थें’, उनले भनेकी छन् ।
इमरानले फिल्मी करियरको सुरुवात सन् २००३ मा विक्रम भट्टको फिल्म ‘फुटपाथ’बाट सुरु गरेका थिए । यो फिल्ममा उनीसँगै आफताब शिवदासानी र बिपाशा बसुको पनि अभिनय थियो । यो फिल्मबाट चुम्बन दृश्य दिन थालेका इमरानले त्यसपछिका सबै फिल्ममा चुम्बनलाई छुटाएनन् । त्यहीकारण उनलाई बलिउडको ‘सिरियल किसर’ उपमा दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण