सलमानको ‘टाइगर ३’ सेटमा कडा नियम
बलिउड सुपरस्टार सलमान खान चाँडै आफ्नो फिल्म ‘टाइगर ३’को सुटिङ सुरु गर्दैछन् । फिल्ममा उनले अभिनेत्री कटरीना कैफसँग रोमान्स गर्नेछन् । भारतमा अहिले कोभिड–१९ को संक्रमण दर तिब्र छ । यहीकारण सलमानले ‘टाइगर ३’ को सुटिङ सेटमा कडा नियम लगाउँदैछन् ।
सलमान आफू र आफ्ना वरपरका मानिसलाई सुरक्षित राख्नका लागि कुनै कसुर बाँकी नराख्ने योजनामा छन् । उनले प्रोडक्सन हाउसलाई फिल्मको सुटिङ सेटमा कोभिड प्रोटोकललाई अनिवार्य पालना गर्न उर्दी जारी गरेका छन् । उनको उर्दी अनुसार सुटिङका लागि जुन व्यक्तिको आवश्यकता पर्छ, त्यही व्यक्तिमात्र लोकेसनमा उपस्थित हुनुपर्नेछ ।
सलमानले अभिनेता इमरान हाशमीसँग केही फाइट सिक्वेन्सको सुटिङ गर्नेछन् । इमरान केही दिनमै सलमानका साथ सुटिङमा जाँदैछन् । यसका लागि सेटमा फाइट कोओर्डिनेटर र एक टीमको उपस्थिति हुनेछ । सलमान आफैं सुटिङ व्यवस्थामा ध्यान दिइरहेका छन् । उनी एक सुरक्षित सुटिङका लागि सबै नियम पालना गर्न आवश्यक छ भन्ने सन्देश दिनका लागि सलमान सक्रिय छन् ।
इमरान र सलमान केही अन्तर्राष्ट्रिय द्वन्द्व निर्देशकका साथ एसआरपीएफ ग्राउण्ट सेटमा केही एक्सन सिक्वेन्सको सुटिङ गर्नेछन् । यो सुटिङ पछि मात्र अभिनेत्री कटरीना कैफ सेटमा उपस्थित हुनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण