सारा अली खान भन्छिन्, ‘पापा मलाई असाध्यै माया त गर्नुहुन्छ तर...’
बलिउडकी उदीयमान अभिनेत्री सारा अली खान हालै ‘अतरंगी रे’ मा बिहारी युवतीको भूमिकामा देखिएकी थिइन् । आजकाल उनी इन्दौरमा विक्की कौशलसँग ‘लुका चुप्पी’ फेम लक्ष्मण उत्तेकरको फिल्म सुट गरिरहेकी छिन् । त्यो फिल्म लुका चुप्पीको सिक्वेल भएको बताइँदै छ । हालै सारा अली खानले एक भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा आफ्ना पिता सैफ अली खानबारे पनि कुराकानी गरेकी छिन् ।
अतरंगी रे फिल्मले निकै नै प्रशंसा पाएपछि कस्तो महसुस भइरहेको छ भनेर सोधिएको प्रश्नमा उनले भनिन्, ‘यसबारे कस्तो प्रतिक्रिया दिने भनेर मलाई थाहा नै छैन । फिल्मपछि मेरा अन्तरवार्ता हुन्छन्, यसबारे मैले आनन्द जी (आनन्द एल राय) सँग पनि यसबारे के बोल्ने भनेर कुरा गरेकी थिएँ । म असाध्यै खुसी छु । हुन त म हाल सुट गरिरहेकी छु, मैले आफ्नो पूरा युनिटसँग ‘अतरंगी रे’ हेरेँ । फिल्म उहाँहरुलाई पनि निकै राम्रो लाग्यो ।’
परिवार र उद्योगबाट कस्ता प्रतिक्रिया पाइरहनुभएको छ भनेर सोधिएको अर्को प्रश्नमा उनले आफ्ना पिता सैफ अली खानको बानीबारे पनि जानकारी दिइन् ।
यसबारे कुरा गर्दै उनले भनिन, ‘हुन त सबैले राम्रो कुरा नै भनिरहेका छन् तर मेरा लागि मेरा आमा बुवा नै सबैभन्दा महत्वपूर्ण हुनुहुन्छ । ममी त सधैँ भावुक नै हुँदै आउनु भएको छ । पापा सधैँ जेन्टलम्यान हुनुहुन्छ । उहाँ माया त असाध्यै गर्नुहुन्छ तर भावना व्यक्त गर्न भने थोरै कन्जरभेटिभ हुनुहुन्छ । ’
उनी थप्छिन्, ‘तर यसपटक भने गज्जब भयो । उहाँले फिल्म हेरेर फोन गर्नुभयो । फोनमा उहाँ रोइरहनुभएको थियो । हुन त यो स्याडिस्टिक सुनिएला कि छोरीले त बुवालाई रुवाइदिइन्, तर म धन्य छु कि मेरो प्रस्तुतीको असर यति गहिरो थियो । ’
आफूले सोसल मिडियामा आइरहेका प्रतिक्रिया हेर्न नपाएपनि यसका स्क्रिनसट आमाले पठाइरहेको र यसलाई नै आफूले स्टोरीमा सेयर गरिरहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण