अमिताभको घरमा कोरोना, बच्चन परिवार पुरै सुरक्षित
भारतमा कोरोनाको घटनामा लगातार वृद्धि भइरहेको छ । मेघास्टार अमिताभ बच्चनको घरमा पनि एक कर्मचारीको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । अमिताभ बच्चनले आफ्नो ब्लग पोष्टमा लेखेका छन्, ‘हाल घरेलू कोभिड परिस्थितिसँग जुुधिरेहेको छु प्रशंसकसँग पछि जोडिने छु ।’
उनको यो पोस्टमा उनका प्रशंसकले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । जलसामा रहेका ७९ वर्षका अमिताभ बच्चन र उनको परिवार भने सुरक्षित नै छन् ।
अमिताभको दुवै बंगला प्रतिक्षा र जलसाको कर्मचारीको कोभिड परीक्षण भएको थियो । जसमा एकलाई कोरोना संक्रमण देखिएको छ । यी सदस्यलाई बीएमसीले कोभिड केयर सेन्टर–२ मा आइसोलेट गरिएको छ ।
नियमित चेकअपमा एक सदस्य पोजिटिभ
मुम्बई बीएमसीका स्वास्थ्य अधिकारी अजीत पंपाठवारले बताए अनुसार अमिताभको घरमा कुल ३१ कर्मचारीलाई परीक्षण गरिएको थियो । यी मध्ये १ पोजिटिभ पाइए ।
यद्यपि अमिताभ र परिवार उनको सम्पर्कमा आएका छैनन् । यो परीक्षण उनीहरुको नियमित परीक्षणमा गरिएको थियो । मुम्बईमा लगातार कोरोनामा वृद्धि भएपछि संक्रमणलाई मध्येनजर गर्दै सेलिब्रिटीहरु आफ्ना कर्मचारीहरुको परीक्षण गराइरहेका छन् ।
पुरै परिवार जलसामा बस्दै आएका छन्
अमिताभ बच्चनको परिवारसँग सम्बन्धित सुत्रका अनुसार अमिताभ बच्चन र पुरा परिवार सुरक्षित छन् । सबै परिवार जलसामै छन् । मानिससँग भेटघाट गर्ने सिलसिला पनि पहिले भन्दा धेरै कम भएको छ । २०२१ मा अमिताभ सहित परिवारका बाँकी सदस्यलाई कोरोनाको खोप लगाइसकिएको छ ।
कोरोना भएपछि २२ दिन अस्पतालमा बसिसकेका थिए अमिताभ
२०२० को जुलाईमा अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको थियो । यसपछि फिल्म उद्योगबाट मात्रै होइन देश–विदेशमा उनका प्रशंसकहरुले उनका लागि प्रार्थना गरेका थिए । अमिताभ बच्चनले २२ दिन सम्म अस्पतालमा उपचार गराएका थिए । तर कोभिडबाट बाहिरिएसँग कौन बनेका करोडपति र अन्य कामको सुटिङमा लागेका थिए । अभिषेक बच्चन र बुहारी ऐश्वर्यालाई पनि कोरोना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण