शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

‘छक्का पञ्जा’ बन्यो युट्युबमा धेरै हेरिएको फिल्म

बुधबार, २१ पुस २०७८, २० : ५०
बुधबार, २१ पुस २०७८

व्यवसायिक सफल फिल्म ‘छक्का पञ्जा’ युट्युवमा पनि धेरै हेरिएको छ । हाइलाइट्स नेपालले सार्वजनिक गरेको फिल्मले युट्युवमा ३ करोड बढी भ्युज पाएको छ । युट्युवमा यति धेरै भ्युज पाएको यो पहिलो नेपाली फिल्म हो ।
फिल्मले युट्युवमा ३ करोड बढी भ्युज पाएको खुसी निर्माता तथा कलाकार दीपकराज गिरीले समाजिक सञ्जालबाट शेयर गरेका छन् । उनले लेखेका छन्, ‘छक्का पञ्जा’ युट्युबमा ३ करोड बढी पटक हेरिएको पहिलो नेपाली फिल्म भएकोमा सबै टिमलाई बधाई, सबै दर्शकलाई नमन ।’

दीपाश्री निरौलाको निर्देशन रहेको फिल्ममा दीपक र प्रियंकाको अलवा जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।  ‘छक्का पञ्जा’ को अहिले चौंथो श्रृखंला निर्माणको क्रममा छ । दीपकराज गिरीले लेखन गरिरहेको फिल्म आगामी वैशाखबाट छायाङ्कनमा जाने र दशैंमा रिलिज गरिने योजना दीपक र दीपाको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप