सिक्किमका स्रष्टा भीम राजधानीमा सम्मानित
काठमाडौं – सिक्किमका स्रष्टा भीम दाहाललाई राजधानीमा सम्मान गरिएको छ । बानेश्वर सर्जक समाजले उनलाई सम्मान गरेको हो । कार्यक्रममा उनीसँगै सामाजिक अभियन्ता श्रीमति जुडि राई दाहाललाई पनि सम्मान गरियो ।
कार्यक्रमका साहित्यकार डा. बासुदेव क्रिपाठी, प्राध्यापक महेश प्रसाईं, साहित्यकार लोकेश ढकाल, मातृका पोखरेल, फूलमान वल, डा. घमानसिहं खड्का, डा. तुलसी भट्टराई केदार न्यौपाने, कृष्ण हमाल, डा. बासुदेव क्रिपाठी, कुलप्रसाद पराजुली र रमेश शसभेच्छुले नेपाल–भारतको नेपाली साहित्य र विश्व नेपाली साहित्य बारे आ–आफ्ना धारणा राखेका थिए ।
सम्मानित व्यक्तित्व भिम दाहालले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विश्वभरमा रहेका नेपालीका लागि काठमाडौं सबैको राजधानी भएकाले यहाँ आउँदा फरक खालको सुखानुभुति हुने बताए ।
‘भारतमा भएको १ सय २५ करोड जनसङ्ख्यामा नेपालीहरुले पनि आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएका छन्’, उनले भने । राजनीतिले विभाजन गरेपनि भाषा साहित्यले जोडने बताउँदै दाहालले ‘पारि तारिदेउन माझिदाई गीतलाई महिला माइत जाने विम्वको प्रयोग गर्दै नेपाल आउँदा माइतीमा आएजस्तो अनुभव हुने सुनाए । सिक्किम सरकारका मुख्य प्रेस सल्लाहाकार भिम दाहाल भारतको लोक सभाका लागि तिन पटक संसद भइसेकेका छन् ।
दाहालले त्रिपुरा साहित्य समाजको आयोजनामा एकल कविता बाचन गरेका छन् । उनले एकल कविता वाचनमा वविनमा धागो छैन कति चलाउँ म यो मेशिन, कागजको मन, मलाई नयाँ मुलुक देऊ जस्ता कविता प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण धेरै लिएको प्रश्नपछि अर्थमन्त्रीको आक्रोश– ४३ प्रतिशत कसरी पुग्यो, त्यसको अनुसन्धान हुनुपर्छ
-
ढिलो गर्दा दुर्घटना हुनसक्छ, शीघ्र वामपन्थी एकता गरौँ : प्रचण्ड
-
कर्णालीको सामाजिक मन्त्रालय भ्रष्टाचारबाट ग्रसित भएको विपक्षीको आरोप, प्रमाणित गर्न चुनौती
-
‘काला हिरण’मा सलमानको भूमिका खेलेका अभिनेताले छाडे फिल्म
-
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : माधव नेपाल
-
गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण