शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल ज्योतिष परिषद्को २४ औँ वार्षिकोत्सव समारोह सम्पन्न

आइतबार, २५ पुस २०७८, ०६ : ४६
आइतबार, २५ पुस २०७८

नेपाल ज्योतिष परिषद्को २४ औँ वार्षिकोत्सव समारोह डिल्लीबजार केन्द्रीय  कार्यालयमा सम्पन्न भएको छ । शनिबार कार्यक्रममा बोल्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व  अध्यक्ष एवम् नेपाल संस्कृत विश्वविद्यालय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष  प्राडा रामचन्द्र गौतमले ज्योतिष शास्त्र गहन शास्त्र भएको बताउँदै संसारलाई बाटो देखाउने शास्त्र ज्योतिष भएको बताए ।  उनले ज्योतिष र धर्मशास्त्रको एक अर्काका परिपूरक भएको बताए ।

विशिष्ट अतिथि विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेलले नेपाल ज्योतिष परिषद्लाई आजका दिनसम्म ल्याउन भूमिका खेल्ने सम्पूर्णलाई स्मरण गर्दै यो संस्थालाई अझै अग्रणी बनाउन क्रियाशील रहन आग्रह गर्दै विश्व ज्योतिष महासंघ, दक्षिण एसियाली ज्योतिष महासंघ र नेपाल ज्योतिष परिषद् एकजुट भएर अघि बढेमा कसैले ज्योतिषीको हकहितको लागि हस्तक्षेप गर्न नसक्ने बताए । नेपाल ज्योतिष परिषद्को भवन निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णय विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल,  दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा सहदेव विष्ट, विश्व ज्योतिष महासंघका उपाध्यक्ष विष्णुदत्त लेखक, दक्षिण एसियाली ज्योतिष महासंघका उपाध्यक्ष डा देवीप्रसाद खनाल, नेपाल ज्योतिष परिषद्का महासचिव कमलप्रसाद काफ्ले, वाग्मती प्रदेशका अध्यक्ष राजीव आचार्य , लुम्बिनी प्रदेशका महासचिव ढुण्डिराज ज्ञवाली र विभिन्न जिल्ला अध्यक्षहरूले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा नेपाल ज्योतिष परिषद्को भवन शिलान्यास कार्यमा खटिएका लेखनाथ न्यौपाने,लक्ष्मण पन्थी,खिलनाथ काफ्ले, वेदराज पन्त र यामप्रसाद पोडेलेलाई माला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रम नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेको अध्यक्षता, उपाध्यक्ष लेखनाथ न्यौपानेको स्वागत एवम् वरिष्ठ सदस्य लक्ष्मण पन्थीको सञ्चालनमा सम्पन्न भएको केन्द्रीय सदस्य शिवलाल पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप