घानामा मृत्यु भएका बोहराको शव डेढ महिनापछि नेपाल लगिँदै
३५ लाख रुपैयाँ खर्चेर अमेरिका जाने सपना बोकेर घानासम्म पुगेका रुकुमका रुपक बोहोराको डेढ महिनाअघि मृत्यु भयो । मानव तस्करको चंगुलमा फसेका उनको घानाको आकरामा उपचार गर्दागर्दै गत नोभेम्बर २७ मा उनको मृत्यु भएको थियो । उनको शवलाई कतार एअरवेजबाट सोमबार बिहान काठमाडौं पुग्दैछ । शव रुकुम बाफिकोटस्थित बोहोराकै घरमा लागि दाहसंस्कार गरिनेछ । आकरा विमानस्थलमा बिरामी भएपछि उनलाई इमिरेट्स एयरर्लाइनले अलपत्र पारेर छाडेको थियो ।
एयरपोर्ट भित्रको प्राथमिक स्वास्थ्य केन्द्रमा सिकिस्त विरामी रहेको जानकारी पाएपछि एनआरएनए घानाले आकारा शहरको सुविधा सम्पन्न रिज अस्पतालमा उनको औषधि उपचारको समन्वय गरेको थियो । तर, उनलाई बचाउन सम्भव नभएपछि उनको उपचार खर्च र शव फिर्ताको लागि एनआरएनए घानाका अध्यक्ष रोशन श्रेष्ठ ,कोषाध्यक्ष विकास सुवेदी , दिनेश पाण्डेय , कृष्ण निरौला लगायत पदाधिकारीहरुले समन्वय गरेका हुन् ।
त्यसैगरि उनको उपचार खर्चका लागि एनआरएनए अफ्रिकाको अफ्रिका राहत कोष र एनआरएनए घानाले आर्थिक सहयोग जुटाएका थिए । उनको शव काठमाडौं पुगेपछि रुकुम सम्म पुर्याउन एनआरएनएको काठमाडौं स्थित अन्तरराष्ट्रिय सचिवालयले सहयोग गर्ने भएको छ । एनआरएनए अन्तरराष्ट्रिय समितिका पूर्व कोषाध्यक्ष हिक्मत थापाले यस दु:खद परिस्थितिमा साथ दिई उनको उपचार र शव फिर्ताको समन्वय गरेकोमा एनआरएनए एनसीसी घाना , एनआरएनए अफ्रिका राहत कोष , एनआरएनए अफ्रिका स्वास्थ्य समिती, एनआरएनए आइसीसी र नेपालमा समन्वय गर्ने तारक केसी लगायत रूपकका परिवारजनलाई हार्दिक आभार व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा