७७ वर्षको उमेरमा पाए सफलता : स्क्विड गेमका अभिनेताले भने, ‘चर्चित हुँदा पनि मुश्किल’
गोल्डेन ग्लोब २०२२ का बिजेताको सूची सार्वजनिक भइसकेको छ । अवार्ड शोका क्रममा कोरियन शो स्क्विड गेमका ७७ वर्षका अभिनेता ओ यियोङ्ग सूले ठूलो सफलता हासिल गरेका छन् ।
गोल्डन ग्लोब्स २०२२ मा ओ यियोङ्ग सूलाई ‘उत्कृष्ट सह अभिनेता–टिभी’ अवार्ड प्रदान गरियो । यो उमेरमा अभिनेताका लागि यो अवार्ड कुनै जितभन्दा कम छैन ।
नेटफ्लिक्सको कोरियन ड्रामा सिरिज ‘स्क्विड गेम’ ले दर्शकको निकै वाहवाही बटुल्यो । प्रशंसकले यो शोलाई अत्यधिक प्रेम दिए । कार्यक्रममा उनले एक खिलाडीको भूमिका निर्वाह गरेका थिए । सिरिजमा उनले सपोर्टिङ रोलमा बसेर दमदार अभिनय गरे र धेरैको मन जित्न सफल भए ।
अवार्ड जितेपछि उनले उक्त सिरिजले आफ्नो जीवन फेरिदिएको बताएका छन् । अभिनेताले भनेका छन्, ‘यस्तो लागिरहेको छ कि अहिले म हावामा उडिरहेको छु र मलाई साधारण हुन अलि समय लाग्नेछ ।’
यतिमात्रै होइन, अभिनेताका अनुसार उनलाई अति नै धेरै मानिसहरुले सम्पर्क बनाउने कोसिस गरिरहेका छन् । आफूसँग यी सबै कुरा हेरिदिने म्यानेजर नभएकोले सबैको मेसेज र फोन सम्हाल्न मुश्किल भएको उनले बताए ।
एक अन्तरवार्ताका बेला ओ यंग सूले दिएको जानकारी अनुसार हाल उनकी छोरीले यी सबै कुरा म्यानेज गरिरहेकी छिन् ।
ओ यियोङ्ग सूको यो सफलताले उनको जीवनमा अत्यधिक खुसी ल्याएको छ । यसका साथै उनको जीवनमा चुनौती पनि थपिएको छ । अभिनेता भन्छन्, ‘अब मैले कतै निस्कनु अघि आफ्नो लुकका ध्यान दिनुपर्ने भएको छ । मलाई मानिसहरुले जज नगरुन् भनेर यस्तो गर्नुपरेको छ । चर्चित हुँदा पनि मुश्किल छ ।’
अभिनेताले आफ्नो क्षमता प्रमाणित गरिदिइसकेका छ र सफलता जुनसुकै उमेरमा पनि हासिल गर्न सकिने उदाहरण पेश गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण