ad
x

सुदूरपश्चिमले जित्दा आर्मी सेमिफाइनलमा

person explore access_timeमाघ २, २०७८ chat_bubble_outline0

सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी– २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार प्रदेश १ लाई सात विकेटले पराजित गरेको छ । हारसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । प्रदेश १ को हारसँगै समूह ‘ए’ बाट आर्मीले उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ ।


सेमिफाइनल सम्भावना कायम राख्न प्रदेश १ लाई आज जित्नैपर्ने दबाब थियो । समूहबाट नेपाल पुलिस क्लबले विजेताको रूपमा सेमिफाइनल यात्रा तय गरिसकेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट प्रदेश १ ले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले १९.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।



सुदूरपश्चिमको जितमा राजु रिजालले सर्वाधिक ६८ रन बनाए । उनले ५२ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै कप्तान सन्तोष भट्टले ४८ रन जोडे । अर्जुन साउदले अविजित २६ रन जोडे । प्रदेश १ का कमल खत्री, मुकुन्द यादव र फिर्दोस अन्सारीले समान एक विकेट लिए ।



यसअघि टस जितेर ब्याटिङमा आएको प्रदेश १ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५८ रनको योगफल तयार गरेको थियो । प्रदेश १ का मुकुन्द यादवले सर्वाधिक ३४ रन बनाए । त्यस्तै सोनु अन्सारीले ३१ रन जोड्दा मनिष थापा र कप्तान अंकित थापाले समान २३ रन थपे ।



सुदूरपश्चिमका हेमन्त धामी र नारायण जोशीले समान दुई विकेट दिए । यस्तै कैलाश ऐर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य मेहताले एक एक विकेट हात पारे ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।