
माई–पे बाट हवाई टिकट बुकिङ गर्दा एक हजारसम्म नगद छुट पाइने

डिजिटल भुक्तानी सेवा माई–पे ले घरायसी तथा दैनिकी जीवनका विविध बिल भुक्तानी सेवा प्रदान गर्दै आइरहेकामा पछिल्लो पटक आन्तरिक हवाई टिकट बुकिङ सेवा समेत सुचारु गरेको छ । यस सुविधा अन्तर्गत कम्पनीले नेपालभित्रका कुनै पनि गन्तव्यका लागि माई–पे वालेट मार्फत हवाई टिकट बुकिङ गर्दा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम १ हजार रुपैयाँसम्म नगद छुट प्रदान गर्ने जनाएको छ । जुन अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइने क्यासब्याक भन्दा धेरै रहेको कम्पनीको दाबी छ ।
हाल माई–पे वालेट मार्फत आन्तरिक हवाई टिकट बुकिङ गर्दा ३ हजार रुपैयाँसम्मको टिकट बुकिङमा ७ प्रतिशत र ३ हजार भन्दा माथिको टिकट बुकिङमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिन्छ । साथमा हरेक दिन माई–पे मार्फत टिकट बुकिङ गर्ने मध्ये भाग्यशाली ३ जनालाई अतिरिक्त १० प्रतिशत क्यासब्याक समेत प्रदान गरिने कम्पनीले बताएको छ ।
यो योजना सीमित अवधिका लागि जारी गरिएको जनाएको कम्पनीले क्यासब्याक प्राप्त गर्न माई–पे वालेट डाउनलोड गरी कारोबार गर्न सक्ने जनाएको छ । यसमा पहिलो प्रयोगकर्ताले पहिलो जुनसुकै बिल भुक्तानीमा २५ प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाउने कम्पनीले बताएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ