ad
x

सत्ता गठबन्धनद्वारा संयुक्त अपिलको ड्राफ्ट तयार

person explore access_timeमाघ ९, २०७८ chat_bubble_outline0
फाइल तस्विर

सत्ता गठबन्धनका पाँच दलले माघ १२ गते हुन गएको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन संयुक्त अपिल जारी गर्ने तयारी गरिएको छ ।


पाँच दलका शीर्ष नेताहरुले आगामी १२ गते हुन गएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट संयुक्त रूपमा अघि सारिएका उम्मेदवारहरूलाई विजयी गराएर गठबन्धनलाई अझ मजबुत तुल्याउन र लोकतन्त्र तथा संविधानको सुरक्षा एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न अपिल गर्न लागेका हुन् । उनीहरूले भोलि वा निर्वाचनका अघिल्लो दिन यस्तो संयुक्त अपिल आह्वानका लागि ड्राफ्ट तयार गरेका छन् । 



प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एक संयुक्त अपिल जारी गर्दै गठबन्धनलाई विजयी बनाउन आह्वान गरेका हुन् । यसअघि गठबन्धनका दलहरुबीच एमालेले जितेको स्थानीय तहमा भागबन्डा गर्ने तथा यसअघि जुन दलको उम्मेदवार रहेको हो सोही दलबाट उम्मेदवारी दिने सहमति अनुसार उम्मेदवारी दर्ता गरिएको थियो । 



 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X