सुदूरपश्चिममा थप ६१४ जनामा सङ्क्रमण
बुधबार, १२ माघ २०७८, १९ : ५२
सुदूरपश्चिम प्रदेशमा आज थप ६१४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ८५० जनाको नमूना परीक्षण गर्दा ६१४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआरमार्फत २४९ र एन्टीजेनमार्फत ३६५ जनामा पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर १०९ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।
यसअघि मङ्गलबार यस प्रदेशमा ६५२ जनामा सङ्क्रमण पुष्टि हुँदा १३३ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१८ जनाको ज्यान गइसकेको छ । सङ्क्रमणको जोखिम बढेपछि भारतसँग सीमा जोडिएको यस प्रदेशका विभिन्न नाकामा कोरोना परीक्षणको काम जारी रहेको छ । यसका साथै खोप लगाउने कार्यक्रम पनि तीव्र पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यबाट राजीनामा गर्न अल्टिमेटम