शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

युएईले नष्ट गरिदियो हुथी विद्रोहीले प्रहार गरेको मिसाइल (भिडियोसहित)

सोमबार, १७ माघ २०७८, १२ : ५७
सोमबार, १७ माघ २०७८

संयुक्त अरब इमिरेट्स (युएई) को रक्षा मन्त्रालयले युएईको वायु सेनाले हुथी विद्रोहीको ब्यालस्टिक मिसाइललाई बाटोमा नै नष्ट गरिदिएको जानकारी दिएको छ । 

ऐतिहासिक भेटघाट गर्न इजराइलका राष्ट्रपति इन्जाक हेरजोङ्ग युएई आएको समयमा हुथी विद्रोहीले मिसाइल प्रहार गरेको हो । उक्त हमलामा कुनै पनि मानविय क्षति नभएको र ब्यालस्टिक मिसाइलको अवशेष मानविय बस्तीभन्दा बाहिर खसालिएको थियो ।  

रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार युएईको वायु सेना र यमनमा हुथी विद्रोहीको विरुद्ध लडिरहेको अरबी देशका संयुक्त सेना (कोएलिशन कमाण्ड) ले ब्यालस्टिक मिसाइल प्रहार भएको क्षेत्र पत्ता लगाएर नष्ट गरेका हुन् । 

एक ट्विट गर्दै युएईको रक्षा मन्त्रालयले बिहान १२ बजेर ५० मिनेट जाँदा नष्ट गरेको जानकारी दिएको छ । मन्त्रालयले कुनै पनि खतराको सामना गर्न युएई तयार रहेको जानकारी दिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप