युएईले नष्ट गरिदियो हुथी विद्रोहीले प्रहार गरेको मिसाइल (भिडियोसहित)
संयुक्त अरब इमिरेट्स (युएई) को रक्षा मन्त्रालयले युएईको वायु सेनाले हुथी विद्रोहीको ब्यालस्टिक मिसाइललाई बाटोमा नै नष्ट गरिदिएको जानकारी दिएको छ ।
ऐतिहासिक भेटघाट गर्न इजराइलका राष्ट्रपति इन्जाक हेरजोङ्ग युएई आएको समयमा हुथी विद्रोहीले मिसाइल प्रहार गरेको हो । उक्त हमलामा कुनै पनि मानविय क्षति नभएको र ब्यालस्टिक मिसाइलको अवशेष मानविय बस्तीभन्दा बाहिर खसालिएको थियो ।
रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार युएईको वायु सेना र यमनमा हुथी विद्रोहीको विरुद्ध लडिरहेको अरबी देशका संयुक्त सेना (कोएलिशन कमाण्ड) ले ब्यालस्टिक मिसाइल प्रहार भएको क्षेत्र पत्ता लगाएर नष्ट गरेका हुन् ।
एक ट्विट गर्दै युएईको रक्षा मन्त्रालयले बिहान १२ बजेर ५० मिनेट जाँदा नष्ट गरेको जानकारी दिएको छ । मन्त्रालयले कुनै पनि खतराको सामना गर्न युएई तयार रहेको जानकारी दिएको छ ।
UAE MOD Joint Operations Command announces at 00:50 UAE time the destruction of platform for ballistic missile launched from Al-Jawf, Yemen towards UAE. Missile was intercepted at 00:20 by air defences. Video of successful destruction of missile platform and launch site pic.twitter.com/CY1AoAzfrp
— وزارة الدفاع |MOD UAE (@modgovae) January 30, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौता भएको दुई महिनासम्म टेन्डर प्रक्रिया नै भएन सुरु
-
राष्ट्रिय सुरक्षाको चिन्ताबिच अमेरिकी साइबर निकायहरूलाई एआई मोडेल ‘मिथोस–५’ प्रयोगको अनुमति
-
पाँच वर्षमा सरकारी सहुलियत लिने क्यान्सरका बिरामी २८ हजार नाघे
-
झापामा चैते धानको खेती र उत्पादन खस्कियो
-
सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह
-
ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण