अपडेट
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
शनिबार, १३ असार २०८३, ०८ : २७
सारांश
- नेपाली कांग्रेसका नेता अभिषेक गिरीको विराटनगरस्थित घरमा प्रहरीले छापा मारेको छ।
- मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले घरमा शङ्कास्पद वस्तु रहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको जानकारी दिए।
- प्रहरीले गिरीको घर अगाडि पार्किङ गरी राखिएका दुईवटा कारको पनि खानतलासी गरेको छ।
विराटनगर । नेपाली कांग्रेसका नेता अभिषेक गिरीको विराटनगरस्थित घरमा प्रहरीले छापा मारेको छ।
विराटनगर–८, मधुमारामा रहेको गिरीको निवासमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले खानतलासी गरेको हो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले घरमा शङ्कास्पद वस्तु रहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको जानकारी दिए।
‘हामीलाई घरमा शङ्कास्पद वस्तु रहेको विशेष सूचना प्राप्त भएको छ, सोही आधारमा प्रहरी टोलीले खानतलासी सुरु गरेको हो,’ एसपीले भने। यद्यपि, शङ्कास्पद वस्तु के हो भन्नेबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन।

प्रहरीले गिरीको घर अगाडि पार्किङ गरी राखिएका सेतो र कालो रङका दुईवटा कारको पनि खानतलासी गरेको छ। ती गाडीहरू गिरीले नै प्रयोग गर्दै आएका थिए।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण