कोट म्यारिज गर्दै फरहान र शिवानी
बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर र उनकी प्रेमिका शिवानी दान्डेकरको विवाहको खबर केही समयदेखि मिडियामा छाएको छ । तर पुष्टि भने हुन सकिरहेको थिएन । अहिले भने फरहानका बुबा तथा वरिष्ठ लेखक जावेद अख्तरले उनीहरुको विवाहको खबर पुष्टि गरेका छन् । जावेदले फराहान र शिवानी २१ फेब्रुअरीमा अदालती (कोट म्यारिज) गर्न लागेको बताए ।
‘कोट म्यारिजपछि एक निजी समारोह आयोजना हुनेछ । जसमा नजिकका साथीभाई र परिवारका सदस्य मात्रै सहभागी हुनेछन् । जावेदले अगाडि भने, ‘विवाहको तयारी भइरहेको छ । कोरोनाका कारण हामीले विवाह भब्य रुपमा आयोजना गर्न सक्दैनौ ।’ जावेदले शिवानी निकै राम्रो केटी भएको र आफ्नो परिवारको सबै सदस्यलाई उनी मन परेको समेत खुलाएका छन् ।
यसअगाडि फहान र शिवानीको योजना फेब्रुअरीमा कोर्ट म्यारिज र अप्रिलमा भब्य विवाह गरेको समाचार मिडियाहरुले बनाएका थिए । कोरोनाको बढ्दो कहरका कारण यो जोडीले अहिले सामान्य विवाह गर्ने निर्णय गरेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले गर्दैछ लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी
-
मर्स्याङ्दीका स्थानीयलाई निःशुल्क बिजुली
-
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि
-
कोशीमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पहिलो हाफमा बराबरीमा रोकिए पोर्चुगल र कोलम्बिया, उज्बेकिस्तानले डीआर कङ्गोलाई १–० ले पछि पार्यो
-
पहिलो हाफको समाप्तिमा कोलम्बिया र पोर्चुगल बराबरीमा, कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण