कहाँ छन् बलिउड अभिनेता राजकिरण ?
बलिउड फिल्म ‘बुलन्दी’, ‘कर्ज’, ‘घर हो तो ऐसा’, ‘तेरी मेहरनबानियाँ’लगायत सुपरहिट फिल्ममा अभिनय गरेका अभिनेता राजकिरण वर्षौदेखि गुमनाम छन् । राजकिरण ८० को दशकका प्रायः हरेक फिल्मको हिस्सा हुन्थे । एक समय सूर्यको किरण जस्तै चम्किएका उनको जिन्दगीमा कहिलेबाट अँध्यारोले छोप्यो कसैलाई थाहा छैन ।
राजकिरण जबसम्म फिल्ममा थिए, उनलाई सबैले स्वागत गर्थे । तर, जब उनले फिल्मबाट सम्बन्ध तोडे, त्यही बेला फिल्म उद्योगका मानिसले राजलाई आफ्नो जीवनबाटै निकाले । राजलाई जुन समयमा आफ्नो परिवारको बढी आवश्यकता थियो, त्यो समयमा उनीसँग कोही थिएनन् । अर्थात उनको परिवारले नै उनलाई छोडिसकेका थिए ।
राजले आफ्नो करियरमा एक सयभन्दा बढी फिल्ममा काम गरे । उनले सहायक र मुख्य अभिनेताका रुपमा ती फिल्ममा आफ्नो कौशल देखाए । उनी निकटका अनुसार अहिले उनी ‘पागल’ भइसकेका छन् । उनको पुरा नाम राजकिरण मेहतानी हो । भारतमा उनको फ्यानले उनलाई कैयौं वर्षदेखि ‘बेपत्ता’का रुपमा सम्झिएका छन् । किनकि उनको बारेमा धेरै जानकारी कोहीसँग पनि छैन ।
राजकिरणलाई आफ्नो करियरको उतारचढावको बेला ‘डिप्रेसन’ भएको थियो । यही समयमा उनको परिवारले उनलाई वास्ता गरेनन् । त्यही समयदेखि उनले आफ्नो मानसिक सन्तुलन गुमाए । वर्षौअघि दीप्ति नवलले उनलाई अमेरिकामा ट्याक्सी चलाउँदै गरेको अवस्थामा भेटेका थिए । सन् २०११ मा ऋषि कपुरले राजकिरण अमेरिकाको पागलखाना रहेको पत्ता लगाएका थिए ।
राजकिरणकी पत्नीले पनि पति कैयौं वर्षदेखि गुमनाम रहेकाले उनको खोजी भइरहेको बताएकी थिइन् । राजकिरण पछिल्लोपटक शेखर सुमनको सिरियल ‘रिपोर्टर १९९४’मा देखिएका थिए । कतिपयले फिल्म नपाएको कारण उनी डिप्रेसनमा गएको बताइरहेका छन् भने कतिपयले उनको परिवारले राजकिरणको सबै सम्पत्ति हडपेको दाबी गरिरहेका छन् । तर सत्य के हो अझै खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले गर्दैछ लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी
-
मर्स्याङ्दीका स्थानीयलाई निःशुल्क बिजुली
-
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि
-
कोशीमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पहिलो हाफमा बराबरीमा रोकिए पोर्चुगल र कोलम्बिया, उज्बेकिस्तानले डीआर कङ्गोलाई १–० ले पछि पार्यो
-
पहिलो हाफको समाप्तिमा कोलम्बिया र पोर्चुगल बराबरीमा, कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण