रवि तेजाको ‘खिलाडी’को ट्रेलर रिलिज
मङ्गलबार, २५ माघ २०७८, १५ : ४८
साउथ (दक्षिण भारतीय) सुपरस्टार रवि तेजाको बहुप्रतिक्षीत एक्सन फिल्म ‘खिलाडी’ को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा एक्सनको अलवा कमेडी र रोमान्स समेत समेटिएको छ । फिल्म ११ फेब्रुअरीमा रिलिज हुँदैछ । ए स्टुडियोको सहयोगमा पेन स्टुडियोद्धारा निर्मित यो फिल्ममा रवि तेजाको रोमान्टिक अन्दाज समेत देख्न सकिन्छ ।
मिनाक्षी चौधरी, डिम्पल ह्याती समेतको मुख्य भूमिका रहेको फिल्ममा कन्नड अभिनेता अर्जुन सरजा र अनसुया भारद्वाजको समेत मुख्य भूमिका छ । फिल्ममा रविले डबल भूमिका निर्वाह गरेका छन् । फिल्म पुरै भारतमा रिलिज हुन लागेको हो । रविको लोक प्रियतालाई ध्यानमा राखेर फिल्म देशभर रिलिज गर्न लागिएको निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘जे’ का अन्तिम खेल सुरु, अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया–अस्ट्रिया आमनेसामने
-
६ दशक पुरानको औद्योगिक सम्पत्ति ऐन संशोधन हुँदै, स्टार्टअप आइडियालाई कानुनी सुरक्षा
-
समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र कङ्गो अन्तिम ३२ मा
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
-
डीआर कङ्गोका चर्चित फुटबल समर्थकलाई अमेरिकी भिसा अस्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण